काठमाडौं । जेनजी आन्दोलनमा हेलचेक्र्याइँ गरेर ७६ जनाको हत्या गरेको भन्दै पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । ओली र लेखकविरुद्ध ज्यान मुद्दामा अनुसन्धान गर्न पक्राउ गरिएको प्रहरीको पुर्जीमा उल्लेख छ । पत्रमा ‘ज्यानसम्बन्धी कसूरसमेतको अनुसन्धानका सिलसिलामा तत्काल पक्राउ गर्नुपरेको’ व्यहोरा उल्लेख छ ।

अनुसन्धान पूरा गर्न प्रहरीले सुरक्षा र सहजताका लागि हिरासतमा राख्न सक्छ। २५ दिनसम्म अदालतको अनुमति लिई हिरासतमा राख्न म्याद थप हुन सक्छ। त्यस अवधिमा जिल्ला अदालतमा सरकारी वकिलमार्फत मुद्दा दर्ता गर्नुपर्छ। मुद्दा दर्ता नहुन पनि सक्छ, तामेलीमा राख्न पनि सक्छ।

ADVERTISEMENT

अदालतमा मुद्दा दर्ता हुन आएमा अदालतले साधारण तारेख, धरौटीमा रिहा गर्न पनि सक्छ वा पुर्पक्षका लागि न्यायिक हिरासतमा राख्न जेल पठाउन पनि सक्छ।

ओली र लेखकको गिरफ्तारीविरुद्ध बन्दीप्रत्यक्षीकरणको मुद्दा लिएर भोलि सर्वोच्च अदालत जाने तयारी थालिएको छ । पाल प्रहरी थप अनुसन्धानका लागि म्याद थप गराउन आइतबार काठमाडौं जिल्ला अदालतमा जाँदैछ ।

ADVERTISEMENT

सर्वोच्च अदालतले प्राथमिकताको आधारमा बन्दीप्रत्यक्षीकरणको निवेदनलाई भोलिपल्टै पेसी चढाउने प्रचलन छ । जिल्ला अदालतमा म्याद थपका लागि लगिँदा भोलि नै ठूलो संख्यामा कानुनविदहरुले नथुनीकन अनुसन्धान हुनुपर्ने जिकिर राख्नेछन् । र, त्यस आधारमा हुने बहसपछि हिरासतमा राख्न पर्ने वा नपर्ने भन्ने विषयमा न्यायाधीशको आदेश आउनेछ ।

ूप्रहरीले म्याद थपका लागि लगेका धेरै मुद्दामा प्रतिवादीलाई अनुसन्धानका लागि हिरासतमा राख्न नपर्ने आदेश दिइएका कैयौं उदाहरण छन् ।

सुशीला कार्की सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीसँग जोडिएको भ्रुण काण्डमा जिल्ला अदालत,काठमाडौंले पहिलो दिन नै ‘कानुनले यसलाई अपराध मानेको छैन’ भन्दै म्याद नथप्ने आदेश दिएको थियो । नोबल मेडिकल कलेजका अध्यक्ष सुनिल शर्माविरुद्धको मुद्दामा पनि जिल्ला अदालतले म्याद थपेको थिएन ।

ओली र लेखककाे पक्राउविरुद्ध एमालेले सडक आन्दाेलन सुरु गरिसकेकाे छ । याे क्रम अब विस्तारै बढ्न सक्ने भएकाले राजनीति थप तरल बन्ने देखिन्छ ।

ओलीलाई प्रतिशोधपूर्ण तथा बदलाभावले पक्राउ गरेकाे भन्दै पार्टीको धारणा स्पष्ट गर्न र आगामी संघर्षका कार्यक्रम तय गर्न एमाले सचिवालय बैठक बसिरहेको छ।