काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरी काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखेको छ। उनलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट नियन्त्रणमा लिएर राजधानी ल्याइएको हो।प्रहरीका अनुसार जेनजी आन्दोलनका क्रममा भएको हिंसात्मक घटनाको अनुसन्धानका सिलसिलामा लेखकलाई पक्राउ गरिएको हो। उक्त आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको झडपमा दर्जनौँ नागरिकको ज्यान गएको थियो।

सरकार गठनलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। सोही निर्णयपछि अनुसन्धान प्रक्रिया तीव्र पार्दै प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री लेखकलाई नियन्त्रणमा लिएको हो।

ADVERTISEMENT

उक्त आयोगले जेनजी आन्दोलनको दमनका क्रममा भएको घटनाबारे विस्तृत अध्ययन गरी तत्कालीन अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा उच्च राजनीतिक र सुरक्षा तहका व्यक्तिहरूमाथि जिम्मेवारी तोकिएको उल्लेख छ।

ADVERTISEMENT