काठमार्डौं । एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुर्खेतको भेरिगंगा नगरपालिकामा अपांगता भएका व्यक्तिहरूलाई सहायक सामग्री वितरण गरेको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजना तथा करुणा फाउन्डेसन र राष्ट्रिय अपांग महासंघ नेपालको सहकार्यमा सञ्चालन गरिएको ‘अपांगता रूपान्तरण तथा पुनस्र्थापना साझेदारी कार्यक्रम’अन्तर्गत ह्वीलचेयर, एल्बो क्रचेस र अन्य सामग्रीहरु वितरण गरिएको हो ।
कार्यक्रम भेरिगंगा नगरपालिकाका नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षता तथा कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख अनसरा बोहरा, एनएमबि बैंकका लुम्बिनी प्रदेशका एरिया म्यानेजर रमेश रेग्मी, सुर्खेत शाखाका शाखा प्रबन्धक सुमन सुवेदीलगायतको उपस्थिति थियो । कार्यक्रमका लागि एनएमबिले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाँच लाख सहयोग प्रदान गरेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८४ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।






