काठमाडौं । एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । एनएमबि बैंक र बुटवल हस्पिटल प्रा.लि.बीच भएको सम्झौताबमोजिम सो छुट प्रदान गर्न लागीएको हो ।

सम्झौताअनुसार एनएमबि बैंकका कर्मचारी÷परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछन् । हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याव टेस्ट, अप्रेसन चार्ज, युएसजि/इसिजि/इको/एक्सरे, फजियोथ्रापी र मेडिसीनमा एनएमबि बैंकका कर्मचारी/परिवार र ग्राहकले ५ देखि १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौताले बैंक कर्मचारी÷परिवार तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकले विश्वास लिएको छ । सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख शम्भुप्रसाद पराजुली र बुटवल हस्पिटलका अध्यक्ष चुन्नुप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् ।

छुट पाउन एनएमबि बैंकको खाताबाट रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानीका लागि एनएमबि बैंकको एटिएम, क्रेडिट कार्ड, इन्टरनेट बैकिङ, मोबाइल बैकिङ, कर्पोरेट पे, आइपिस, क्युआर कोड प्रयोग गर्नुपर्नेछ । एनएमबि बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र नौ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।