काठमाडौं । अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्त पीडितबीच बिहीबार भएको वार्ता  निष्कर्षविहीन भएको छ ।

वार्ता नटुंगिए पनि सकारात्मक र समाधान उन्मुख भएको मन्त्रालयले बताएको छ । भोलि पुनः बस्ने गरी वार्ता स्थगित भएको हो ।

ADVERTISEMENT

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्तपीडितसँग वार्ता गर्न समिति गठन गरेका थिए । मन्त्रिस्तरीय निर्णयपछि अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन भएको थियो ।