काठमाडौं।  नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान सक्ने बताएका छन्।प्रधानमन्त्री सुशीला कार्की सँग बालुवाटारमा भएको भेटका क्रममा प्रचण्डले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई देशलाई संकटबाट निकास दिने महत्वपूर्ण कदमका रूपमा व्याख्या गरे।

उनले भने, “यो निर्वाचन नभएको भए मुलुक अर्को ठूलो दुर्घटनामा जान्थ्यो,” भन्दै कठिन परिस्थितिमा निर्वाचन सम्पन्न गराएकोमा प्रधानमन्त्री कार्कीको साहस र नेतृत्वको प्रशंसा गरे।

प्रचण्डले आफ्नो पार्टी सुरुदेखि नै निर्वाचनको पक्षमा उभिएको स्मरण गर्दै कुनै विकल्पबिना चुनाव सम्पन्न हुनुपर्छ भन्ने अडान लिएको बताए। उनका अनुसार निर्वाचन नै देशलाई शान्तिपूर्ण र लोकतान्त्रिक मार्गमा अघि बढाउने प्रमुख माध्यम हो।

ADVERTISEMENT

उक्त भेटमा प्रधानमन्त्री कार्कीले पनि राजनीतिक दलहरूको सहयोगकै कारण निर्वाचन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सबै पक्षलाई धन्यवाद दिएकी थिइन्। उनले निर्वाचनमार्फत देशले लोकतान्त्रिक निकास पाएको धारणा व्यक्त गरिन्।

ADVERTISEMENT

भेटमा सहभागी अन्य नेताहरूले समेत चुनौतीपूर्ण अवस्थाबीच निर्वाचन सम्पन्न हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका थिए। उनीहरूका अनुसार समयमै निर्वाचन सम्पन्न नभएको भए देशमा अस्थिरता थप चर्किन सक्थ्यो।

ADVERTISEMENT

राजनीतिक दलहरूबीचको सहकार्य र निर्वाचनमार्फत आएको स्थायित्वले अब देशलाई विकास र सुशासनतर्फ लैजानुपर्नेमा जोड दिइएको छ।