काठमाडौं । एमालेले १६ जना समानुपातिक सांसदको टुंगो लगाएको छ । एमाले अध्यक्ष केपी ओली निवास गुन्डुमा बसेको को केन्द्रीय सचिवालय बैठकले समानुपातिकका विजेताको नाम समूहअनुसार टुंगो लगाएको हो ।

सचिवालय बैठकले १६ जनाको नाम टुंगो लगाएर निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो ।

ADVERTISEMENT

पार्टी उपमहासचिव लेखराज भट्टले बैठकका निर्णयहरु सार्वजनिक गर्दै क्लस्टरका आधारमा १६ जनाको नाम निर्वाचन आयोगमा पठाउने निर्णय भएको जानकारी दिए।

आदिवासी जनजातितर्फ भूमिका सुब्बा (महिला), गंगादेवी श्रेष्ठ (महिला), रामबहादुर थापा मगर बादल (पुरुष) र कुलभक्त शाक्य (पुरुष) छन् । त्यस्तै, खस आर्यतर्फ पद्मा अर्याल (महिला), टुकाभद्रा हमाल (महिला), गुरुप्रसाद बराल (पुरुष), पुष्पराज कँडेल (पुरुष) र यशोदाकुमारी बराल (पिछडिएको क्षेत्र, अपांगता तथा महिला क्लस्टरसमेत रहेकी छन् ।

ADVERTISEMENT

थारुतर्फ कृपाराम राणा, दलिततर्फ विष्णुमाया विक र नीता घतानी छन्। मधेशीतर्फ रिंगला यादव, यशोदा कुमारी र चन्द्रेश्वर मण्डल (पुरुष) छन्। मुस्लिमतर्फ साजिदा सिद्धिकीको नाम टुंगो लागेको छ ।