काठमाडौं।  एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत काठमाडौंको तिलगंगास्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।लामो समयदेखि परोपकारी संस्थाका रूपमा कार्यरत शान्ति सेवा गृहअन्तर्गत रहेका विद्यार्थीहरूको शैक्षिक गुणस्तर वृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले बैंकले झोला तथा अन्य शैक्षिक सामग्री उपलब्ध गराएको जनाएको छ।

फागुन २८ गते आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले शैक्षिक सामग्री शान्ति सेवा गृहकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई हस्तान्तरण गरेका थिए।

ADVERTISEMENT

कार्यक्रममा बैंकका प्रतिनिधिहरूले शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउनु समाजप्रतिको उत्तरदायित्वको महत्वपूर्ण पक्ष भएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यलाई निरन्तरता दिइने बताए।बैंकले यसै वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि कक्षा १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न तथा पिछडिएका वर्गका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ। साथै, शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीहरूलाई पनि उक्त छात्रवृत्तिमा समेटिएको बैंकले जानकारी दिएको छ।

यसअघि पनि बैंकले विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा अध्ययनरत जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ। त्यसका साथै सातै प्रदेशका विभिन्न विद्यालयहरूमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्ने कार्य समेत गरिसकेको बैंकले जनाएको छ।

ADVERTISEMENT

शिक्षा क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।