काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउत संसदीय राजनीतिमा प्रवेश गरेको छोटो समयमै पराजित भएका छन्। उनलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रामजी यादव सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
रामजी यादवले २८ हजार ४०४ मत प्राप्त गर्दै विजय हासिल गरे। दोस्रो स्थानमा जनता समाजवादी पार्टी (जसपा) नेपालका उमेशकुमार यादव रहे, उनले १४ हजार २६३ मत प्राप्त गरे।
जनमत पार्टीका अध्यक्ष सीके राउत भने ९ हजार ८८० मत सहित तेस्रो स्थानमा सीमित भए।
जनमत पार्टीबाट फुटेर बनेको स्वाभिमान पार्टीका उम्मेदवार सतीशकुमार सिंह ले ३ हजार ५५७ मत प्राप्त गरेका छन्। उनी जनमत पार्टीकै तर्फबाट यसअघि मधेश प्रदेशका मुख्यमन्त्री बनेका थिए।
त्यस्तै, नेपाली कांग्रेसका रामकुमार यादव ले २ हजार ४९८, राष्ट्र निर्माण पार्टीका अफरोज आलम ले १ हजार १२० र मोहम्मद जियाउन् रहमान ले ८८३ मत प्राप्त गरेका छन्।
सप्तरी–२ मा रास्वपाका रामजी यादव विजयी,सीके राउत तेस्रो स्थानमा






