काठमाडौं । सप्तरी–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।चौधरीले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवलाई १७ हजारभन्दा बढी मतान्तरले पराजित गरेका हुन्।
निर्वाचन परिणामअनुसार रास्वपाका चौधरीले ३२ हजार ८७५ मत प्राप्त गरेका छन् भने यादवले १५ हजार २३९ मत पाएका छन्।यसैगरी नेपाली कांग्रेसका उम्मेदवार दिनेशकुमार गुप्ताले ८ हजार ४२४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार ताराकान्त चौधरीले ६ हजार ७१५ मत पाएका छन्।
मतगणना सम्पन्न भएसँगै चौधरी सप्तरी–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।







