काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले कानुन अभावका कारण ‘नो भोट’को व्यवस्था लागू गर्न नसकेको बताएका छन्।

मतदान सम्पन्न भएपछि बिहीबार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कानुनी व्यवस्था नभएकाले यस पटकको निर्वाचनमा ‘नो भोट’ लागू गर्न नसकिएको बताएका हुन्।

ADVERTISEMENT

भण्डारीका अनुसार सरकारले आवश्यक कानुन बनाइदिएको भए ‘नो भोट’को विषयमा अहिले प्रश्न उठ्ने अवस्था आउने थिएन। “कानुन नबनाइकन नो भोटको व्यवस्था गरेको भए अन्तर्राष्ट्रिय कानुनले वैधता नदिन पनि सक्थ्यो,” उनले भने।

ADVERTISEMENT

उनले आयोगले दुई वर्षअघि नै ‘नो भोट’ सम्बन्धी कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएको पनि बताए।

समयमै कानुन नबन्दा यो निर्वाचनमा उक्त व्यवस्था लागू गर्न नसकिएको भन्दै आगामी निर्वाचनसम्ममा यो समस्या समाधान हुने विश्वास व्यक्त गरे।

ADVERTISEMENT