काठमाडौं । दोलखामा मतदानका क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ। मतदान प्रक्रिया चलिरहेका बेला विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले हवाई फायर गरेका हुन्।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले घटनाको पुष्टि गरेका छन्। उनका अनुसार निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात गर्ने प्रयास भएपछि प्रहरीले चेतावनीस्वरूप हवाई फायर गर्नुपरेको हो।
‘निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फायर भएको हो। अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले जानकारी दिए।
दोलखाको मालु मतदानस्थलमा विवाद भएको बताइएको छ। घटनापछि सुरक्षाकर्मीले क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएका छन् भने स्थिति नियन्त्रणमा ल्याउने प्रयास भइरहेको जनाइएको छ।







