काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुरको हुप्राचौरमा शक्ति प्रदर्शनको तयारी गरिरहेका बेला सोही पार्टीका जिल्ला सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

सभापति रवि लामिछानेले सम्बोधन गर्ने भनिएको बृहत् आमसभा सुरु हुनुभन्दा केही घण्टाअघि मात्रै पराजुलीले रास्वपा परित्याग गरी ३० वर्ष बिताएको पुरानै घर कांग्रेस फर्किएका हुन्।

पराजुलीलाई सोमबार बिहान कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीमा स्वागत गरे। पराजुलीसँगै मकवानपुर २ का निर्वाचन परिचालन समिति संयोजकसमेत कांग्रेस प्रवेश गरेका छन्। गत प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर(२ बाट १२ हजार ५९ मत प्राप्त गरेका पराजुलीको बहिर्गमनलाई रास्वपाको स्थानीय संगठनमा ुपहिरोु गएको रूपमा हेरिएको छ।

रास्वपाले हेटौंडाको सभामा मानिस उतार्न काठमाडौँका मेयर बालेन साहसमेत आउने भन्दै जिल्लाभर माइकिङ गराएर भ्रम फैलाएको पाइएको छ। तर, आन्तरिक रूपमा भने टिकट वितरण र नेतृत्वको कार्यशैलीलाई लिएर तीव्र असन्तुष्टि थियो।

आगामी निर्वाचनका लागि पराजुली आकांक्षी रहे पनि पार्टीले उनलाई पाखा लगाउन खोजेपछि यो विद्रोह भएको हो। उम्मेदवारी दर्ताको अघिल्लो दिन सभापति रवि लामिछानेले फोन गरेर फकाउने प्रयास गरे पनि पराजुलीले आदर्श र व्यवहारबीचको खाडल देखाउँदै पार्टी छाडिदिएका छन्।

देशभर रास्वपा छाड्नेको लर्को, नुवाकोटदेखि मकवानपुरसम्म

रास्वपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने यो लहर मकवानपुरमा मात्र सीमित छैन। हिजो मात्रै नुवाकोटमा रास्वपाका प्रभावशाली नेता तथा गत निर्वाचनमा १६ हजारभन्दा बढी मत ल्याएका सुमन पाण्डे सहित ठूलो संख्यामा नेता(कार्यकर्ताहरू कांग्रेसमा समाहित भएका छन्। पाण्डे र पराजुली जस्ता स्थापित र जनमत भएका नेताहरूले नै पार्टी छाडेपछि रास्वपाको ुनयाँ शक्तिु को नारामाथि गम्भीर नैतिक प्रश्न उठेको छ।

पराजुलीले आफ्नो भिडियो सन्देशमा रास्वपा अहिले एउटा ुलिमिटेड कम्पनीु वा ुसीमित व्यक्तिको क्लबु जस्तो भएको र त्यहाँ आलोचना गर्नेहरूलाई पाखा लगाउने चाकरीवाद हाबी भएको बताएका छन्। उनले भने, ‘हामीले आदर्शका लागि पार्टी बनायौँ, तर त्यहाँ व्यक्तिगत स्वार्थ र आर्थिक प्रभावले ठाउँ पायो।’

मकवानपुर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ मा बुद्ध लामा निर्वाचनको तयारीमा रहेका बेला रास्वपाको सिंगो जिल्ला कमाण्ड नै कांग्रेसमा समाहित हुनुलाई कांग्रेसको ठूलो रणनीतिक जित मानिएको छ। रास्वपाको बलियो पकड मानिने क्षेत्रका मुख्य संवाहकहरू नै बाहिरिएपछि आगामी निर्वाचनमा डिना उपाध्याय र बुद्ध लामाको पल्ला भारी हुने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।

हुप्राचौरमा रवि लामिछानेले सम्बोधन गरिरहँदा आफ्नै जिल्ला सभापतिले ुआदर्शको बाटो बिराएकोु भन्दै कांग्रेसको झण्डा बोकेपछि रास्वपा पंक्तिमा अहिले ठूलो खैलाबैला मच्चिएको छ। जनतालाई ुबालेनु को नाममा झुक्याउने र आफ्नै नेतृत्व जोगाउन नसक्ने रास्वपाको शैलीलाई स्थानीयले समेत चर्को आलोचना गरेका छन्।