काठमाडौँ। नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका लागि अहिलेसम्म ६२ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गरिसकेका छन्।
महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान सवा ८ बजेबाट सुरु भएको हो। कार्यक्रममा जानकारी दिइएको अनुसार, अहिलेसम्म कुल प्रतिनिधिको ६२.४ प्रतिशतले दर्ता प्रक्रिया पूरा गरिसकेको छ।
कति महाधिवेशन प्रतिनिधिको सहभागिता रहला भन्ने दिनभरीनै उत्सुकता कायम रहदा हालसम्म देशभरबाट कुल ४,७४३ जना महाधिवेशन प्रतिनिधि मध्य २,९०० भन्दा बढीले आफ्नो नाम दर्ता गरेको जानकारी दिएको छ ।







