काठमाडौँ । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा बर्ड फ्लू देखिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सूचना जारी गर्दै सदर चिडियाखानामा बर्ड फ्लू देखिएको जनाएको छ ।
बर्ड फ्लु देखिएपछि कोषले शुक्रबार विज्ञप्ति जारी गर्दै चिडियाखाना अनिश्चितकालका लागि बन्द भएको जनाएको छ ।
‘सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु सङ्क्रमण देखिएकाले आमसर्वसाधरण दर्शकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै असार ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म चिडियाखाना बन्द गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दैछौँ,’ कोषले जारी गरिएको विज्ञप्तिमा छ ।
कुनकुन जीवजन्तुमा बर्डफ्लु देखिएको हो भन्नेबारे भने कोषले कोही खुलाएको छैन । उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर बर्ड फ्लुको जोखिममा परेको छ ।







