काठमाडौँ। हामी नेपाल संस्थाका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उनले फेसबुकमा एउटा स्ट्याटस सार्वजनिक गर्दै लेख्छन् ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै गाउँ, आफ्नै माटोबाट परिवर्तनको सुरूवात। नयाँ शक्ति, नयाँ अनुहार, नयाँ नेपाल,’ । उनले आफु कुनै पार्टी वा स्वतन्त्र के भएर चुनाव लड्ने उक्त बिषय भने स्पष्ट परेका छैनन्।

केहि समय अगाडी उनले पारिवारिक अनुमति पाए मात्र आफु चुनाव लड्ने बताउदै आएका थिए। उनले बैकल्पिक शक्तिलाई प्रतिनिधत्व गर्ने संगठन तथा व्यक्तिहरु एकठाउँमा आएर जेन जीहरुलाई पुरानो शक्ति बिरुद्ध आफ्नो अभिमत ब्यक्त गर्ने ठाउँ  दिनु पर्छ भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, कुलमान घिसिङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको  एकताको लागि दौडधुप गरेका थिए। 

ADVERTISEMENT

गत निर्वाचनमा गोरखा-१ गठबन्धनबाट कांग्रेसका उम्मेदवार बनेका राजेन्द्र बजगाई ३३४२८ मत हासिल गरि प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

ADVERTISEMENT