काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट बिजुली प्रणालीबाट बाहिर गएको छ।

बाढीका कारण विद्युत् उत्पादन तथा प्रसारण संरचनामा क्षति पुगेपछि उक्त परिमाणको विद्युत् प्रणालीबाट बाहिर गएको हो।

ADVERTISEMENT

१११ मेगावाटको रसुवागढी, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको माथिल्लो त्रिशुली थ्री ए, २४ मेगावाटको त्रिशुली र १४ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट प्रभावित भएका छन् । यसैगरि नुवाकोट स्थित प्राधिकरणको २५ मेगावाटको सोलार परियोजना पनि बाढीबाट प्रभावित भएको छ । यी आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको छ ।

ADVERTISEMENT

प्राधिकरणकाअनुसार ७८ मेगावाटको सालासुङ, १४.८ मेगावाटको अप्पर साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन, १४।८ मेगावाटको माथिल्लो मैलुङ र ५ मेगावाटको मैलुङ जलविद्युत् आयोजना पनि बाढीबाट अप्रत्यक्ष रुपमा प्रभावित भएका छन् । हाल ती परियोजना पनि प्राधिरकणको प्रसारण सिस्टमभन्दा बाहिर छन् । बाढीले त्रिशुली थ्री बी सवस्टेसन पनि क्षतिग्रस्त गराएको छ ।