काठमाडौं । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा पूर्व एआईजी विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्।

पोखरेलले १३ हजार ९५३ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कुमार लुइटेलले १३ हजार ९४८ मत प्राप्त गरेका छन्। उनीहरूबीचको मतान्तर मात्र ५ मत रहेको छ।

ADVERTISEMENT

तेस्रो स्थानमा रहेका नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङले ११ हजार २९६ मत प्राप्त गरेका छन् भने नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत ल्याउँदै चौथो स्थान हासिल गरेकी छन्।

त्यसैगरी श्रम संस्कृति पार्टीका उद्धवकुमार राईले ३ हजार ८५८ मत प्राप्त गरेका छन्। उज्यालो नेपाल पार्टीका किशोरी कार्कीले ९६५ मत ल्याउँदा मंगोल नेशनल अर्गनाइजेशनका वजेन्द्र राईले २२३ मत पाएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डिकप्रसाद बास्तोलाले १७८ मत प्राप्त गरेका छन्।

ADVERTISEMENT

मतगणना सम्पन्न भएसँगै पोखरेल ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।