काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा काठमाडौंको गोल्फुटारस्थित शुभ इभेन्ट्समा सफलतापूर्वक सम्पन्न गरेको छ। साधारणसभा कम्पनीका अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा सम्पन्न भएको हो।

सभामा अध्यक्ष केडियाले शेयरधनीहरूलाई स्वागत गर्दै आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। साधारणसभाले उक्त आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनसहित कम्पनीको वित्तीय विवरणलाई स्वीकृति प्रदान गरेको छ।

सञ्चालक समितिको प्रस्तावअनुसार हाल कायम चुक्ता पूँजीको १०.१७८ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय पनि साधारणसभाबाट पारित भएको छ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावमा समेत सभाले स्वीकृति दिएको छ।

ADVERTISEMENT

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले संस्थागत सुशासनलाई प्राथमिकता दिँदै प्रविधिमैत्री सेवा विस्तार, शाखा सञ्जाल सुदृढीकरण, आन्तरिक नियन्त्रण प्रणालीको मजबुती र खर्च व्यवस्थापनमा गरिएको सुधारले कम्पनीलाई बीमा बजारमा प्रतिस्पर्धी बनाएको बताए।

ADVERTISEMENT

उनले कर्मचारीको मनोबल, बीमित तथा अभिकर्ताको विश्वास, र सञ्चालक समितिको मार्गदर्शनकै कारण मर्जरपछिका चुनौतीहरू व्यवस्थापन गर्दै कम्पनीलाई सशक्त र दिगो संस्थाको रूपमा अघि बढाउन सफल भएको उल्लेख गरे।