काठमाडौँ । नेकपा एमाले मनाङ जिल्लाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ प्रतिनिधित्व गर्न तीन जनाको नाम सिफारिस गरेको छ। जिल्ला कमिटीको निर्णयअनुसार महिला तथा दलित समूहबाट शान्ता माया परियारको नाम सिफारिस गरिएको छ भने खुला समूहबाट कपिल गुरुङ र मनबहादुर गुरुङको नाम केन्द्रीय कमिटीमा पठाइएको छ।
मनाङबाट सिफारिश भएकामध्य शान्ता माया परियार यसघि २०७० सालको दोस्रो संविधानसभाका लागि समेत समानुपातिक बन्दसूचीमा परेकी थिइन् । तर त्यतिबेला उनी सभासद् बन्नबाट वञ्चित भएकी थिइन।
यसैगरी, नेकपा एमाले लमजुङ जिल्लाबाट समानुपातिक तर्फ आठ जनाको नाम सिफारिस गरिएको छ। लमजुङ जिल्ला कमिटीले सिफारिस गरेका नामहरूमा धनन्जय दवाडी, मोहनहरि पौडेल, फुलबहादुर थापा, नन्दराम विश्वकर्मा, महेन्द्रलाल श्रेष्ठ र प्रेमबहादुर घले रहेका छन्। महिला समूहबाट भगवती थापा (कल्पना) र लक्ष्मी अधिकारीको नाम सिफारिस गरिएको छ।










