जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार विश्वासको मत लिने भएका छन् । आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेस मधेश प्रदेश संसदीय दलका नेता यादव मंसिर १९ गते सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

ADVERTISEMENT

नियुक्तिपछि संर्र्वैधानिक प्रावधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले मुख्यमन्त्री यादवले शुक्रबार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । यादवले यसअघि नै सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।

मुख्यमन्त्री यादवलाई जसपा नेपाल, माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले समर्थन गरेका छन् । विपक्षमा एमाले मात्र छ ।

ADVERTISEMENT