काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेर २६१९.९९ बिन्दुमा पुगर बन्द भएको हो ।
मंगलबार ३ सय २५ कम्पनीको ७८ लाख ४ हजार ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड ४२ लाख २७ हजार १ सय २२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार ४ उपसूचक र १३ सूचकहरु सबै हरियालि रहेको छ । आज ङादी ग्रुवको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १९ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार हुँदा प्रतिकित्ता ३ सय ९८ रुपैयाँ पुगेको छ ।
मंगलबार स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, नारायणी विकास बैंक लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने स्वेट गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड को सेयर मूल्य ४.१६ प्रतिशतले घटेको छ ।





