काठमाडौं । २० वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुस १ गतेदेखि लागू हुने गरि १३ बैंकले ब्याजदर घटाएका छन् भने ७ बैंकले ब्याजदर स्थिर राखेका हुन् ।
पुस महिनाका लागि बैंकहरूको ब्याजदर मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ घटेर औसत ४.८३ प्रतिशतमा झरेको छ । मंसिरमा औसत ब्याजदर व्यक्तिगततर्फ ५.०३ प्रतिशत थियो ।
कृषि विकास बैंक, एभरेष्ट बैंक, नेपाल बैंक, कुमारी बैंक, नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, ग्लोबल आइएमई बैंक, प्राइम कमर्सियल बैंक, प्रभु बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक, सानिमा बैंक र राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएका हुन् ।
यस्तै, माछापुच्छ्रे, सिटिजन्स बैंक इन्टरनेशनल, एनआईसी एशिया, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएबि र हिमालयन बैंकले अघिल्लै महिनाको ब्याजदर कायम गरेका छन् ।









