काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.३९ अंकले बढेर २६१४.०७ बिन्दुमा पुगेर बन्द भएको हो ।
मंगलबार ३ सय ३१ कम्पनीको ८७ लाख ४२ हजार ८४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ७५ करोड ५० लाख २७ हजार ७ सय ९५ रुपैयाँ बराबर कारोबार भएको छ ।
मंगलबार १ सय ४८ कम्पनीको सेयर मूल्य बढ्दा १ सय १ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार सबै उपसूचकहरु हरियाली भएपनि कारोबार भने बढेको छैन । मंगलबार ङादी ग्रुप पावरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३१ करोड ९२ लाख रुपैयाँ बराबर कारोबार हुँदा कम्पनीको सेयर प्रतिकित्ता ४ सय ९ रुपैयाँ पुगेको छ ।
साथै, मंगलबार ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा हिम स्टारको सेयर मूल्य ३.८८ प्रतिशतले घटेको छ ।





