काठमाडौं। नेपाल राष्ट्र बैंकले वित्तीय क्षेत्रमा तीव्र गतिमा बढिरहेको कृत्रिम बुद्धिमत्ता को प्रयोगलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन ‘कृत्रिम बुद्धिमत्ता निर्देशिकाको मस्यौदा’ जारी गरेको छ। २०८१/८२ को मौद्रिक नीतिमा गरिएको घोषणाअनुसार तयार गरिएको यो निर्देशिका बिश्वभरि गरिएका उत्कृष्ट अभ्यासको आधारमा नेपालका वित्तीय संस्थाहरूको सन्दर्भअनुकूल बनाइएको बताइएको छ ।

राष्ट्र बैंकका अनुसार निर्देशिकाको उद्देश्य वित्तीय संस्थाहरूलाई एआई को प्रभावकारी उपयोगतर्फ प्रोत्साहन गर्दै पारदर्शिता, निष्पक्षता, उत्तरदायित्व र वित्तीय स्थिरता जोगाउने रहेको छ ।

ADVERTISEMENT

निर्देशिकाले एआईको प्रयोग मार्फत कर्मचारीको दक्षता, नवप्रवर्तन र ग्राहकको बैंकिंग अनुभव जस्ता पक्षहरुमा सुधार लेराउन सहयोग गर्ने तथा  त्यसैसँगै आउने जोखिम व्यवस्थापन, र ग्राहकको गोपनीयता संरक्षणमा कडाइ गर्न समेत निर्देशन दिएको छ। 

निर्देशिकामा एआई प्रयोग गर्दा ग्राहकको गोपनीयता अधिकार , गैर–भेदभावपूर्ण व्यवहार, तथा स्पष्ट र व्याख्यायोग्य नतिजा सुनिश्चित गर्नुपर्ने उल्लेख छ।

ADVERTISEMENT

राष्ट्र बैंकले वित्तीय संस्थाहरूलाई एआई संचालन सम्बन्धी उपयुक्त मोडल बनाई साइबर जोखिम पहिचान र व्यवस्थापन गर्न बलियो संरचना बनाउन निर्देशन दिएको 

यो निर्देशिका बैंक तथा वित्तीय संस्था, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, साथै पेमेंट सेवा प्रदायकर पेमेन्ट सिस्टम अपरेटरहरुमा लागु हुनेछ।

क्रेडिट स्कोरिङ, स्क्याम पहिचान, ग्राहक सेवा, जोखिम व्यवस्थापन, अनुपालन अनुगमनलगायत विभिन्न क्षेत्रमा उपयोग हुने एआई प्रणाली यसअन्तर्गत पर्ने उल्लेख गरिएको छ ।

निर्देशिकाले एआई प्रणालीबाट निस्कने परिणामको अन्तिम जिम्मेवारी वित्तीय संस्थाका सञ्चालक समिति र उच्च व्यवस्थापनकै हुने प्रष्ट पारेको छ।