काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘ट्रान्स फ्याट’ धेरै पाइएपछि खजुरीको ‘पफ’ बजारबाट तत्काल फिर्ता लिन निर्देशन दिएको छ ।

विभागले बजार अनुगमन क्रममा संकलन गरेका पफका नमुना परीक्षण गर्दा त्यसमा मानव स्वास्थ्यका लागि हानिकारक मानिने ‘औद्योगिक ट्रान्स फ्याट’ को मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भेटिएपछि बजारबाट फिर्ता लिन निर्देशन दिएको हो ।

खजुरीको उद्योगले खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम तोकिएको मापदण्ड पूरा नगरेको विभागको ठहर छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ अनुसार खाद्य पदार्थमा ट्रान्स फ्याटको मात्रा २ प्रतिशतभन्दा बढी हुन नहुने अनिवार्य व्यवस्था छ ।

ADVERTISEMENT

विभागले ललितपुरको गोदावरी नगरपालिका–१० स्थित उद्योगबाट उत्पादित ब्याच नम्बर बी १ थ्री ए र ब्याच नम्बर बी १ फाइभ ए का पफहरू बजारबाट तुरुन्त फिर्ता लैजान निर्देशन दिएको छ ।

ADVERTISEMENT

विभागले ऐनको दफा ३८ (२) र (४) अनुसार उक्त ब्याचका उत्पादन तत्काल बजारबाट फिर्ता गर्न तथा थप बिक्री वितरण नगर्न निर्देशन दिएको छ ।

ADVERTISEMENT