काठमाडौं । म्याग्दीको साविक दग्नाम गाविसका धनराम तिलिजालाई सुतेकै समयमा धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार खमबहादुर थजाली २२ वर्षपछि पक्राउ परेका छन् ।

थजालीसहितका व्यक्तिले २०६० कात्तिक ६ गते घरमा सुतिरहेका बेला तिलिजालाई हतियार प्रहार गरी हत्या गरेका थिए ।

ADVERTISEMENT

धारिलो हतियार प्रहार गरी कर्तव्य गरी मारेको ज्यानसम्बन्धी कसूर मुद्दामा म्याग्दी जिल्ला अदालतले २०६३ चैत २९ गतेको फैसलाले थजालीलाई १९ वर्ष सात महिना कैद सजाय तोकेको थियो । म्याग्दी रघुगंगा गाँउपालिका–४ बस्ने बर्ष ४३ का थजालीलाई बुधबार बेनी नगरपालिका–८ कालिपुलमा प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई म्याग्दी जिल्ला अदालतमार्फत लगत कट्टाका लागि कारागार कार्यालय म्याग्दी पठाइएको प्रहरीले जनाएको छ ।

ADVERTISEMENT