काठमाडौं । ऊर्जा, जलस्रोत, सहरी एवं भौतिकमन्त्री कुलमान घिसिङले अब देशकै नेतृत्व गर्ने घोषणा गरेका छन्।

उज्यालो पार्टी नेपालको घोषणासभामा बोल्दै उनले अघिल्लो सरकारसँगको विवादपछि मन्त्री बन्न पाएको अवसरलाई आफूले सकारात्मक रूपमा लिएको बताए।

ADVERTISEMENT

‘करिब ७–८ महिना सरकारसँग ठूलो झगडा भयो। चार महिना बाँकी हुँदा म बाहिरिनुपर्‍यो । त्यहीबेला मैले सरकारलाई धन्यवाद दिएँ,’ उनले भने । घिसिङले थपे, ‘अब यहाँबाट हिँडेपछि कता जाने होला भन्नेमा लागिरहेको छ, देशकै नेतृत्व गर्नुपर्छ कि भन्ने।’

ADVERTISEMENT

उनले आफू कार्यक्रमको प्रमुख अतिथि मात्र मान्न आएको भनेर पार्टीको अपनत्व लिन अझै चाहेनन् ।

आज राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम आयोजना गरी उज्यालो नेपाल पार्टी घोषणा गरिएको हो । पूर्वऊर्जासचिव अनुपकुमार उपाध्यायको अध्यक्षतामा गठन भएको उक्त पार्टीले निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाइसकेको छ । कार्यक्रममा सबैले हरियो टोपी लगाएका थिए ।

ADVERTISEMENT