काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र एमाले नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ।

छलफलमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र महेश बर्तौला सहभागी छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रेस संयोजक राम रावल पनि सहभागी छन्।

ADVERTISEMENT

प्रधानमन्त्रीले प्रतिनिधिसभाको निर्वाचनलगायत समसामयिक विषयमा संवाद थालेकी हुन्। उनले प्रमुख तीन दलका शीर्ष नेतासँग संवाद गर्ने भनिए पनि अझै टुंगो लागेको छैन ।

ADVERTISEMENT