काठमाडौं । सुदूरपश्चिम रोयल्सले अपराजित यात्रालाई कायम राखेको छ। बिहीबार लुम्बिनी लायन्सलाई रनले हराउँदै सुदूरपश्चिमले चौथो जित दर्ता गरेको हो। चार खेलमा चारै जित निकाल्दै आठ अंकसहित सुदूरपश्चिम शीर्षस्थानमा छ ।

प्रतियोगितामा समान चार खेल खेलेको लुम्बिनीले तेस्रो हार व्यहोरेको छ। त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १४४ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा सुदूरपश्चिमले तीन विकेटको क्षतिमा १० बल बाँकी रहँदै १४५ रन जोड्यो। सुदूरपश्चिमका लाथि विनोद भण्डारीले अर्धशतक प्रहार गरे ।

ADVERTISEMENT

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन जोडे । दिलिप नाथ ३१, डार्सी सट र सुमित महर्जनले समान १८ र गुलबदिन नैबले ११ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

सुदूरपश्चिमका लागि हर्मित सिंह र अविनाश बोहराले समान तीन विकेट लिँदा हेमन्त धामीले दुई र स्कट कुगलेनीले एक विकेट हात पारे।

ADVERTISEMENT