काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आवको मुनाफाबाट सेयरधनीलाईए लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर ५ गते बसेको सञ्चालक समितिको निर्णय अनुसार कुल १० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो ।
साथै, उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीले पाउने कम्पनीले एक सूचनामार्फत जानकारी दिएको छ ।








