काठमाडौं । बाराको सिमरामा फेरि तनाव चर्किएको छ । तनाव चर्किएपछि बिहीबार पनि स्थानीय प्रशासनले पुनः कर्फ्यू आदेश जारी गरेको छ।

एमाले भ्रातृसगठन युवा संघ र जेनजी समूहबीच भइरहेका झडप, तोडफोड तथा लगातारको प्रदर्शनका कारण सुरक्षा अवस्थामा गम्भीर चुनौती सिर्जना भएपछि कर्फ्यू पुनः लागू गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

ADVERTISEMENT

बुधबारको झडपपछि केही समय शान्त देखिएको क्षेत्र पुनः अस्थिर बनेपछि प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले संवेदनशील क्षेत्रहरूलाई लक्षित गर्दै कर्फ्यू जारी गर्न आदेश दिएका हुन्।

कर्फ्यू बिहीबार दिउँसो १ बाट राति ८ बजेसम्म लागू हुनेछ। आदेशसँगै पथलैया, सिमरा चोक, परवानीपुर र औद्योगिक करिडोर क्षेत्रभरि प्रहरी तथा सशस्त्र प्रहरीको ठूलो संख्यामा तैनाथ गरिएको छ।

ADVERTISEMENT

जेन–जी समूहको उग्र प्रदर्शन र बाटो अवरुद्ध गर्ने गतिविधि नथाकिएपछि प्रशासनले दिनभर केही घण्टाका लागि कर्फ्यू हटाए पनि साँझपख पुनः हिंसा दोहोरिन सक्ने आकस्मिक सूचनाका आधारमा कर्फ्यू थप कडा बनाएको हो।