काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेर २२५६६.०७ बिन्दुमा पुगेर बन्द भएको हो ।

मंगलबार ३४५ कम्पनीको ९२ लाख ५५ हजार ४ सय ५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब १० करोड ५४ लाख ६ हजार १ सय ३४ रुपैयाँ बराबर कारोबार भएको छ ।

मंगलबार २ सय ७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । मंगलबार साहस उर्जा कम्पनीको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २२ करोड ९१ लाख रुपैयाँ बराबर संकलन हुँदा कम्पनीको सेयर मूल्य ६ सय ९१ रुपैयाँ पुगेको छ ।

साथै, मंगलबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ३.५४ प्रतिशले घटेको छ ।