काठमाडौं । शिखर इन्स्योरेन्सले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड १७, बीमा सम्झौता ( एनएफआरएस १७) अनुसार आर्थिक वर्ष ०८२/०८३ को त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ बाट लागु हुने गरि जारि गर्ने शिखर इन्स्योरेन्स नेपालको पहिलो कम्पनी हो ।
यो कम्पनीको लागि मात्र नभई सम्पूर्ण नेपाली बीमा क्षेत्रको लागि एक महत्वपूर्ण कोसेढुङ्गा हो र हामी परिष्कृत पारदर्शिता र विश्वव्यापी रिपोर्टिङ मापदण्डहरूतर्फ अघि बढेको कम्पनीले जानकारी दिएको छ । यसले नियामक अनुपालन र मापदण्डहरूप्रति हाम्रो असाधारण प्रतिबद्धतालाई प्रदर्शन गर्दछ।






