काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष ०८२/०८३ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तीन महिनामा ६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०८१/०८२ मा १२ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको थियो ।
चालु वर्षको असोज मसान्तसम्ममा कम्पनीको १ अर्ब ४४ करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आव सो अवधिमा कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीले चालु आव असोज मसान्तसम्ममा खुद बीमाशुल्क १ अर्ब ३८ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आव सो अवधिमा कम्पनीले १ अर्ब १७ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
चालु वर्षको असोज मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषमा १४ अर्ब ८४ करोड रुपैयाँ रहेको छ भने अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ९९ करोड रुपैयाँ रहेको थियो ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १० करोड ३६ लाख रुपैयाँ रहेको छ भने कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ रहेको । कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय १६.५६ रुपैयाँ ६५ पैसा रहेको छ भने पिई रेसियो ९०.४४ रहेको छ ।





