काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल (Brent Crude) को मूल्य ८२–९० डलर प्रति ब्यारेलमा उतार–चढाव भइरहेकाले नेपालको उर्जा आयात लागत उच्च दवावमा रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार तेल मूल्य वृद्धि सार्वजनिक सवारी भाडा, ढुवानी लागत र उत्पादन क्षेत्रका लागतमा प्रत्यक्ष असर देखिएको प्रतिवेदनले चेतावनी दिएको छ।







