काठमाडौं । शिवम् सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइन बिजुली बक्यौताको पहिलो किस्ता बुझाएको छ । शिवम्‌ले पहिलो किस्ता तिरेपछि ४ कात्तिकमा विच्छेद गरिएको बिजुली लाइन सोमबार नै जडान गरिएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार, शिवम्‌ले ०७२ माघदेखि ०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रंकलाइन प्रयोगबापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएको हो ।

ADVERTISEMENT

शिवम्‌को ६६ करोड ८९ लाख रुपैयाँ बक्यौता छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी शिवम्‌ले दुई करोड ३८ लाख रुपैयाँ पहिलो किस्ता बुझाएको हो ।