काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य पासाङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी रमेश थापाका अनुसार शेर्पा मंगलबार धुम्बाराहीबाट पक्राउ परेका हुन् ।
बहुविवाह मुद्दामा अदालतले गरेको फैसला कार्यान्वयनका लागी शेर्पालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अदालतले उनी विरुद्ध १ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।







