काठमाडौं । सरकारको सार्वजनिक ऋण दायित्व २७ खर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२\८३ को तीन महिनामा १ खर्ब बढी सार्वजनिक ऋण परिचालन गर्दा कुल ऋण २७ खर्ब रुपैयाँ नाघेको हो ।

वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति १६।९३ प्रतिशत रहेको छ । जसमध्ये आन्तक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमशः २४ दशमलव ८६ र ४।६४ प्रतिशत रहेको छ । कुल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र वाह्य ऋणको हिस्सा क्रमश ८९.२४ र १०.७६ प्रतिशत रहेको छ ।
सरकारको कुल सार्वजनिक ऋण २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा २६ अर्ब ७४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण दायित्व पुगेको थियो । चालु आर्थिक वर्ष लागेपछि सरकारले १ खर्ब८५ करोड ऋण परिचालन गर्दा ९० अर्ब ५१ करोड रुपैयाँ भुक्तानी गरेको छ । जुन कुल गार्हस्थ्य उत्पादनको ४४.६१ प्रतिशत हुन आउँछ ।

कुल सार्वजनिक ऋणमा आश्विन मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ९ प्रतिशत तथा आन्तरिक ऋणको हिस्सा ४६.९१ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा बाह्य विनिमय दर उतारचढावका कारण बाह्य ऋणको दायित्व ४० अर्ब २७ करोड रुपैयाँले बढेको छ । जसले गर्दा सरकारको कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब रुपैयाँ भन्दा माथि पुगेको हो ।

ADVERTISEMENT

सरकारको चालु आर्थिक वर्षमा ३ खर्ब ६२ अर्ब आन्तरिक र २ खर्ब ३३ अर्ब ६६ करोड रुपैयाँ बाह्य गरी कुल ५ खर्ब ९५ अर्ब ६६ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको थियो ।

ADVERTISEMENT

जसमध्ये आर्थिक वर्षको प्रथम त्रैमासमा १ खर्ब ८५ करोड रुपैयाँ ऋण परिचालन गरेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक छ । जसमध्ये आन्तरिक ऋण ९० अर्ब रुपैयाँ र बाह्य ऋण १० अर्ब ८५ करोड रुपैयाँ परिचालन भएको छ ।