काठमाडौँ ।  सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आवेदन खुलाएको आठ दिनमै नागरिक बचतपत्रको बिक्री बन्द गरेको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले एक महिनाको समय दिएर  २५ कात्तिकमा  साढे २ अर्ब रुपैयाँको ऋणपत्रका लागि आवेदन खुला गरेकोमा आजै बिक्री बन्द गरेको हो । आज बिहान ११ बजेसम्ममा साढे २ अर्ब रुपैयाँकै ऋणपत्र बिक्री भएको कार्यालयले जनाएको छ ।

बचतपत्र भनेको आन्तरिक ऋण उठाउने एउटा औजार हो । मुख्यतया विकास ऋणपत्र, नागरिक बचतपत्र र ट्रेजरी बिल्स बेचेर सरकारले आन्तरिक ऋण उठाउँछ । सरकारलाई ऋण दिँदा पाइने ब्याज वाणिज्य बैंकहरूले दिने औसत ब्याजभन्दा बढी छ ।

अहिले वाणिज्य बैंकहरूको औसत ब्याजदर साढे ५ प्रतिशतमात्र छ । सरकारले नागरिक बचतपत्रमा साढे ६ प्रतिशत ब्याज दिएको छ ।