काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सामान्य घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५.१७ अंकले घटेर २५६६.१६ विन्दुमा झरेको छ।

पछिल्ला तीन कारोबार दिनदेखि बढिरहेको नेप्से आज घटेर बन्द भएको हो। नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। मंगलबार ६२ अंकले बढेकाे नेप्से परिसूचक आज झिनाे अंकले घटेकाे छ । सेयर बजारमा करेक्सन देखिएकाे हाे ।

मंगलबार चार अर्ब ५७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३२१ स्टकको ५० हजार ४८७ पटकको कारोबारमा पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार रुपैयाँबराबरको एक करोड १५ लाख एक हजार कित्ता सेयर किनबेच भएको छ ।

ADVERTISEMENT

सबैभन्दा बढी युनियन हाइड्रोपावर कम्पनीको २३ करोड ६५ लाख रुपैयाँबराबरको कारोबार भएको छ। एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको २३ करोड र बुटवल पावर कम्पनीको साढे २२ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

ADVERTISEMENT

खानीखोला हाइड्रोपावर र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मानुषी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ।

ADVERTISEMENT