काठमाडों । बाल गायकअशोक दर्जीको मुख्य भूमिका रहेको चलचित्र ‘मनबिनाको धन’को टिजर सार्वजनिक गरिएको छ ।

तिहारको भाइटीकाको अवसर पारेर सार्वजनिक टिजरमा रुँदै गरेका अशोकलाई देख्न सकिन्छ भने शिव परियार र प्रमोद खरेलको स्वर रहेको गीतको केही अंश प्रस्तुत गरिएको छ ।

ADVERTISEMENT

कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘मनबिनाको धन’को प्रचारप्रसार सुरु भएको छ । टंक बुढाथोकीको निर्माण, निर्देशन र लेखन रहेको चलचित्र ‘मनबिनाको धन’चलचित्रमा पटकथा र संवाद शिवम् अधिकारीको छ ।

ADVERTISEMENT

चलचित्रमा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्धि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झालगायत कलाकारको अभिनय छ । अशाेक दर्जीलाई संगीत क्षेत्रमा ल्याएर चर्चित बनाउने टंक बुढाथाेकी नै हुन् ।