काठमाडौँ । सोलुखुम्बुको भिरकुनामा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । हिजो बेलुका बाग्मती प्रदेश–०१–०३१–च–५९२५ नम्बरको जीप माप्यदूधकोशी गाउँपालिका–६ भिरकुनामा दुर्घटनामा भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार ज्यान गुमाउने तीन जनामध्ये अहिलेसम्म दुई जनाको मात्रै पहिचान खुलेको छ ।

ADVERTISEMENT

ज्यान गुमाउनेमा महाकुलुङ गाउँपालिका–३ छेस्काम घर भएकी १६ वर्षीया हबी राई र त्यहि ठाउँकी २० वर्षीया शान्ति राई रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी एवम् इन्सपेक्टर लोकबहादुर दियालीले जानकारी दिए ।

ज्यान गुमाउने अर्की एक किशोरीको पहिचान नखुलेको इन्सपेक्टर दियालीले बताए। दुर्घटनामा चालक श्रीध्वज राईसहित ६ जना घाइते भएका छन् ।

ADVERTISEMENT

घाइतेमध्ये चार जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ । दुई जना उपचारपछि घर फर्किएका छन् ।