काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ ।
अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४२ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ११ पैसा र बिक्रीदर १०१ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र बिक्रीदर १६४ रुपैयाँ ६९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८९ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।







