काठमाडौँ । दशैं मनाएर काठमाडौं फर्किने यात्रुको चाप बढेको छ । सरकारले बाढीपहिरोको जोखिमका कारण असोज १८ देखि २० गतेसम्म तीन काठमाडौं प्रवेश गर्ने नाका बन्द गरेका कारण आजदेखि चाप बढेको हो ।

ADVERTISEMENT

नाका खुलेसँगै सवारीसाधन काठमाडौं छिर्ने क्रम बढेको छ । काठमाडौं छिर्नेमात्र होइन काठमाडौंबाट बाहिरिने यात्रुको संख्या पनि बाक्लै छ । अविरल वर्षाको कारण बाढीपहिरोले ठाउँ ठाउँमा बाटो अवरुद्ध भएको थियो ।

ADVERTISEMENT