सुनसरी । अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको वहाव घटेको छ । सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाका अनुसार कोसी ब्यारेजमा सोमबार बिहान ६ बजे गरिएको मापनअनुसार चार लाख ३५ हजार ३०५ क्युसेकप्रति सेकेण्ड पानीको बहाव रहेको छ ।

आइतबार राति पानीको बहाव पाँच लाख ३३ हजार ५४० क्युसेकप्रति सकेण्ड थियो । रातिदेखि नै वर्षा कम भएसँगै सो नदीमा पानीको बहाव घट्दो क्रममा रहेको उनले बताए । अहिले कोशी ब्यारेजको ५६ गेट खोलिएको छ ।

ADVERTISEMENT

आइतबार बिहान नदीमा पानीको बहाव उच्च भएपछि खतराको संकेतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो भण्डासमेत फहराइएको थियो । पानीको स्तर बढेसँगै कोशी ब्यारेजमा अत्यधिक जाम भएको थियो।

ADVERTISEMENT