काभ्रेपलाञ्चोक, अविरल वर्षाका कारण बिपी राजमार्गका विभिन्न स्थानमा लेदोमाटोसहितको पहिरो खस्दा सवारी आवागमन प्रभावित भएको छ । सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले धुलिखेल, काभ्रेभन्ज्याङ, भकुण्डे र मङ्गलटारमा सवारी साधन रोकेको जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुनिल धाँजुका अनुसार यात्रु र सवारी साधनलाई थप जोखिम नहोस् भन्नका लागि ती स्थानबाट अगाडि जान अनुमति दिइएको छैन ।
यसैबीच, बिहानदेखि पूर्णरूपमा अवरुद्ध भएको अरनिको राजमार्ग आंशिक रुपमा खुलाइएको छ । धुलिखेल–खावा खण्डको तिरतिरे धारामा पहिरो खसेपछि राजमार्ग एकतर्फी रूपमा सञ्चालन गरिएको प्रहरीले जानकारी दिएको छ ।




