काठमाडौँ, १८ असोज : बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायूको प्रभावले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

ADVERTISEMENT

यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानमा, लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । मधेश, बागमती र गण्डकीका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारी वर्षा पर्ने सम्भावनासमेत रहेको छ ।

ADVERTISEMENT

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकीमा अधिकांश बदली रहने र मेघगर्जनसहित वर्षा हुने देखिएको छ । अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो र भू–क्षयको जोखिम बढ्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।