काठमाडौं । वेस्ट इन्डिजसँगको टी-२० आई शृंखलाअन्तर्गत नेपालले सोमबार दोस्रो खेल खेल्दै छ । संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा खेल बेलुका नेपाली समयअनुसार सवा ८ बजे सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपालले ऐतिहासिक जित निकालेको थियो । नेपालले आजको खेल पनि जितेर एक खेलअगावै शृंखला जित्ने दाउमा हुनेछ ।

ADVERTISEMENT

पहिलो खेलमा नेपालका सबै खेलाडीले आ(आफ्नो तर्फबाट उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालले वेस्ट इन्डिजसँग भोलि मंगलबार अन्तिम खेल खेल्नेछ । टेस्ट मान्यता राष्ट्र र दुई दुईपटकको टी २० विश्व विजेता वेस्ट इन्डिजलाई पराजित गरेपछि नेपालको चर्चा अन्तर्राष्ट्रिस्तरमा भइरहेको छ ।