काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बसेकी छन् । सर्वोच्चमा कार्यकक्षसमेत परिवर्तन गरिएको र कामु प्रधानन्यायाधीशको जिम्मेवारी सकिएकाले उनी झन्डै तीन हप्ता बिदा बसेकी हुन् ।
बिदामा बसेकी न्यायाधीश मल्ल काममा नफर्कियुन् भन्ने चाहना प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको रहेको बताइन्छ । उनले आफ्नो चाहना निकटस्थ न्यायाधीशहरूसमक्ष गरिसकेका छन् । उनी वरिष्ठ न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी र हरि फुयालले राजीनामा दिए वेश हुने पक्षमा रहेको बताइन्छ ।
आफूले बालेन सरकारसँग मिलेर काम गर्नुपर्ने भएकाले तीन न्यायाधीश हटाउने उनको भित्री चाहना प्रकट भइसकेको छ । यसले अब न्यायपालिका कार्यपालिकाअन्तर्गत हुने हो कि भन्ने चिन्ता बढाएको छ ।
शर्माले सर्वोच्च अदालतमा चल्दै आएको गोला प्रथालाई पनि हटाउने र पहिलेकै जस्तो प्रधानन्यायाधीशले नै बेञ्च तोक्ने सिस्टम पुनस्थापित गर्न लागेका छन् । शर्माले यसको संकेत मंगलबार संसदीय सुनुवाइ समितिमा समेत दिइसकेका छन् ।
संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नमा अदालतभित्र कुनै गुटबन्दी नर हेको बताएका शर्माले तीन न्यायाधीशलाई सरकारविरोधी करार गर्दै हटाउने चाहना प्रकट गर्नुले सर्वोच्च अदालतलाई कार्यपालिकाको छाया बनाउने जोखिम बढाएको छ ।






